


दमौली, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रति बन्दिपुर गाउँपालिका–१ नाहालाका मतदाताको समर्थन उल्लेख्य रूपमा बढेको छ। स्थानीय तहमा आयोजित भेटघाट तथा घरदैलो अभियानका क्रममा नाहालावासीले यसपटक परिवर्तनको पक्षमा उभिने संकेत दिएका छन्।
स्थानीय बासिन्दाले सधैं पुरुष उम्मेदवारलाई मात्र जिताइँदै आएको सन्दर्भ उठाउँदै अब महिला नेतृत्वलाई अवसर दिनुपर्ने आवाज बुलन्द गरेका छन्। उनीहरूका अनुसार समावेशी र सशक्त नेतृत्वका लागि महिलाको सहभागिता अनिवार्य छ।
एमालेकी उम्मेदवार भगवती न्यौपाने प्रति नाहालावासीले खुलेर समर्थन जनाउँदै यसपटक जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “अबको नेतृत्व परिवर्तनको नेतृत्व हो, महिला नेतृत्वलाई अवसर दिनुपर्छ,” भन्ने नारासहित स्थानीयहरू चुनावी माहोलमा सक्रिय देखिएका छन्।
नाहालाका मतदाताले भगवती न्यौपानेलाई विजयी गराउँदै तनहुँ क्षेत्र नं. १ मा नयाँ राजनीतिक इतिहास रच्ने अठोट व्यक्त गरेका छन्। चुनाव नजिकिँदै जाँदा नाहालामा एमालेको पकड मजबुत बन्दै गएको नेकपा एमाले बन्दीपुरका उपाध्यक्ष अमिर गुरुङले बताए ।