मन्जिल राना भन्छन् – तनहुँमा काम गरिरहेकै छु, मौका पाए अझ राम्रो गर्नेछु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्जिल राना भन्छन् – तनहुँमा काम गरिरहेकै छु, मौका पाए अझ राम्रो गर्नेछु

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८२, शनिबार

    दमौली, ९ फागुन । उज्यालो नेपाल पार्टीबाट तनहुँ क्षेत्र नं. १ का उम्मेदवार मन्जिल रानाले आफू तनहुँमै सक्रिय रूपमा काम गरिरहेको र अवसर पाए अझ प्रभावकारी रूपमा सेवा गर्न सक्ने बताएका छन्।

    शनिबार व्यास नगरपालिका–४ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले भने, “म युवा हुँ, मसँग जोश र ऊर्जा छ। अन्य उम्मेदवारभन्दा तनहुँका लागि प्रत्यक्ष रूपमा काम गरेको अनुभव पनि मसँग छ। अब त्यो अनुभवलाई अझ व्यवस्थित ढंगले अघि बढाउन चाहन्छु।”

    उनले स्थानीय स्तरमा विकास, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। “तनहुँ परिवर्तनको बाटोमा अघि बढ्न सक्छ, यदि इमानदार र सक्रिय नेतृत्वलाई अवसर दिइयो भने,” रानाले भने ।