तनहुँ २ का यी उम्मेदवार, जसले आफैलाई मतदान गर्न पाउनेछैनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ २ का यी उम्मेदवार, जसले आफैलाई मतदान गर्न पाउनेछैनन्

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८२, शनिबार

    दमौली, ९ फागुन । फागुन २१ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये दुई जनाले आफैलाई मतदान गर्न पाउनेछैनन् ।

    नेपाली काङ्ग्रेसका उम्मेदवार शङ्कर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपानेले आफैलाई मतदान गर्न पाउनेछैनन् । उनीहरु दुवै क्षेत्र नम्बर १ को भानु नगरपालिकाका वासिन्दा भएकाले मतदान गर्न नपाउने भएका हुन् ।

    काङ्ग्रेसका भण्डारीको मतदानस्थल क्षेत्र नम्बर १ को भानु नगरपालिका–९ मा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपानेको मतदानस्थ क्षेत्र नम्बर १ को भानु नगरपालिका–५ मा छ ।

    ११ जना उम्मेदवारमध्ये नौ जनाले भने आफैलाई मतदान गर्न पाउनेछन् । नेकपा (एमाले)का उम्मेदवार केदार सिग्देल (भिमाद), नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा (म्याग्दे), राप्रपाका यामबहादुर खाँण (शुक्लागण्डकी), नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी (म्याग्दे), मङ्गोल नेशनल अर्गनाइजेशनका सुष्मा आले (ऋषिङ), नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना (ऋषिङ), नेशनल रिपब्लिक पार्टीका नमबहादुर राना (शुक्लागण्डकी), नेकपा माओवादीका गणेशबहादुर लामगादे (शुक्लागण्डकी) राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की (गोतामे) शुक्लागण्डकीले आफैलाई मतदान गर्न पाउनेछन् ।