भोलि हुने रास्वपाको आमसभा स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोलि हुने रास्वपाको आमसभा स्थगित

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८२, शनिबार

    दमौली, ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) तनहुँले फाल्गुन १० गते आयोजना गर्ने भनिएको आमसभा विशेष कारणवश स्थगित गरिएको जनाएको छ।

    पार्टीका तनहुँ सभापति विश्व बास्तोलाले जारी गरेको सूचनामा उक्त आमसभा हाललाई स्थगित गरिएको उल्लेख गर्दै अर्को मिति तय भएपछि पुनः सूचना मार्फत जानकारी गराइने जनाइएको छ।

    उक्त कार्यक्रमको तयारीमा जुटेका नेता–कार्यकर्ता तथा सर्वसाधारण तनहुँवासीलाई असुविधा भएकोमा क्षमायाचना गर्दै, नयाँ मिति छिट्टै सार्वजनिक गरिने सभापति बास्तोलाले बताएका छन्।