‘भगवती न्यौपानेलाई विजयी गराउन एमाले एकताबद्ध’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘भगवती न्यौपानेलाई विजयी गराउन एमाले एकताबद्ध’

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८२, शनिबार

    दमौली, ९ फागुन । नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगतवी न्यौपानेलाई विजयी गराउन तनहुँ क्षेत्र नम्बर १ एकताबद्ध भएको छ । विभिन्न बजार हल्ला र प्रोपोगन्डालाई चिर्दै एमाले एकताबद्ध हुँदै जितको यात्रा तर्फ लम्किएको सो पार्टीले जनाएको छ ।

    भानु नगरपालिका-१० रामपुरेटारमा शनिबार एमाले केन्द्रीय कमिटीका सचिव खगराज अधिकारी तथा उम्मेदवार भगवती न्यौपानेको उपस्थितिमा भानुका प्रभावशाली एमाले नेता हरिबहादुर पाण्डे, रामबहादुर गुरुङ सहितका नेताहरुको बैठकले तनहुँ क्षेत्र नम्बर १ मा एमालेलाई विजयी गराउने संकल्प गरिएको छ ।