दमौलीमा विशिष्टकृत अस्पताल स्थापना गर्ने गोविन्दको प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा विशिष्टकृत अस्पताल स्थापना गर्ने गोविन्दको प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०८२, आईतवार

    दमौली, १० फागुन । नेपाली कांग्रेस तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले दमौलीमा विशिष्टिकृत अस्पताल स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    तनहुँवासीलाई सम्बोधन गर्दै उनले हार्टअट्याक, ब्रेनस्ट्रोक जस्ता गम्भीर स्वास्थ्य समस्यालाई अब बेवास्ता गर्न नसकिने बताएका छन्। यस्ता आकस्मिक अवस्थाको उपचारका लागि अन्य जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य गरिने उनको भनाइ छ।

    “अब उपचारका लागि चितवन, पोखरा वा काठमाडौँ पुग्नुपर्ने अवस्था हट्छ। दमौलीमै सुविधा सम्पन्न विशिष्टिकृत अस्पताल स्थापना गरिनेछ,” उनले भने।

    उनका अनुसार उक्त अस्पतालमा मुटु तथा मस्तिष्कसम्बन्धी रोगको उपचारका लागि आवश्यक उपकरण, विशेषज्ञ चिकित्सक र आपतकालीन सेवा उपलब्ध गराइनेछ।

    भट्टराईले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै तनहुँमै गुणस्तरीय उपचार सुनिश्चित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।