


दमौली, १० फागुन । प्रदेश अस्पताल दमाैलीमा खाली पेटमा सुगर परीक्षण नहुने भएकाे छ । अस्पतालमा निमयित औषधि सेवन गरिरहेका सुगर (मधुमेह) का बिरामीहरूलाई फास्टिङ (खालीपेट) परीक्षण गर्न असुविधा भएको गुनासो आएपछि अस्पताल प्रशासनले अन्यकाे फास्टिङमा सुगर परीक्षण नगर्ने जनाएकाे हाे ।
सुगरका समस्या भएका बिरामीहरूका लागि मात्र खालीपेटको परीक्षण तोकिएको समयअनुसार सञ्चालन गरिने अस्पतालले जनाएको छ।