


दमाैली, १० फागुन । व्यास नगर कार्यपालिकाकाे आइतबार बसेकाे बैठकले विभिन्न सात निर्णय गरेकाे छ । नगरप्रमुख वैकुण्ठ न्याैपानेकाे अध्यक्षतामा बसेकाे बैठकले सात वटा निर्णय गरेकाे हाे ।
प्रवक्ता सुरेश थापाका अनुसार माघ २३ गते भएको २३१ औं व्यास नगर कार्यपालिका बैठकबाट भएका निर्णयहरू एवं नगरपालिकाबाट भएका सेवा प्रवाहको समीक्षा गरिएकाे छ । माघ २७ गते नगर सभाकक्षमा भएको द्वितीय त्रैमासिक समीक्षा बैठकमा सबै शाखा प्रमुख, वडा सचिवहरूबाट प्रस्तुत सेवा प्रवाह सम्बन्धी प्रतिवेदनको समीक्षा गरिएकाे छ। यसबाट सम्बन्धित कर्मचारीहरूमा उत्तरदायित्व र जवाफदेहिता विकसित भएकोमा धन्यवाद ज्ञापन गर्दै देखिएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरिएकाे थापाले उल्लेख गरेका छन् ।
व्यास नगरपालिका अन्तर्गत थालनी गरिएको गरिव घर परिवार पहिचानको विवरणको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक धिरज गिरीबाट प्रस्तुत विश्लेषणात्मक प्रस्तुतिको समीक्षा गरिएकाे छ ।
व्यास नगरपालिकाको ३४ औं स्थापना दिवस २०८२ चैत ३० गते विविध कार्यक्रमका साथ मनाउने निर्णय गर्दै नगर प्रमुखको अध्यक्षतामा मूल समारोह समिति, उप प्रमुखको अध्यक्षतामा पुरस्कार एवं सम्मान सिफारिस समिति, नगर शिक्षा शाखा प्रमुखको अध्यक्षतामा व्यासनगर दर्पण २०८२ प्रकाशन समिति गठन गर्ने निर्णय गरिएकाे छ ।
व्यास नगरपालिकाको आ.व. ०८२/०८३ का लागि संसोधीत रु १७,२५,२०,४५००। को आयव्याय वजेट कार्यक्रममा हालसम्म ४४.३६ प्रतिसत आय भई चालुतर्फ ४९.१९%, पुजीगत तर्फ १८.३२% गरी जम्मा ३५.३५% खर्च भएको बैठकमा जानकारी प्राप्त भई सार्वजानिकिकरण गर्ने निर्णय गरिएकाे छ ।
यस आ.व. मा व्यास नगरपालिकाको रु २०,००,००,०००। वीस करोड आन्तरिक आय प्रक्षेपण गरिएकोमा मिति ०८२/११/१० सम्म कुल रु ७७७३८३४३.५७ आय प्राप्त भएको र फोहोरमैला, सिसाजन्य बस्तु बिक्रीबाट हालसम्म रु १४५०६११.६ आय प्राप्त भएको बैठकमा जानकारी प्राप्त भई सार्वजनिक गर्ने निर्णय गरिएकाे छ ।
व्यासनगर उपप्रमुख इन्दिरा दरै र उनका कान्छो छोरा हेमन्त दरै सडक दुर्घटनामा घाइते भई उपचाररत रहेकाले शीघ्र स्वास्थ्य लाभको कामना बैठकले गरेकाे छ ।
