आँबुखैरेनी क्याम्पसमा मास्टर डिग्री सञ्चालनका लागि १ लाख ११ हजार ५५ रुपैयाँ अक्षयकोष सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी क्याम्पसमा मास्टर डिग्री सञ्चालनका लागि १ लाख ११ हजार ५५ रुपैयाँ अक्षयकोष सहयोग

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    दमौली, ११ फागुन । आँबुखैरेनी गाउँपालिका-३ घर भई हाल बेलायतमा बसोबास गर्दै आएकी प्रेम कुमारी थापाले आँबुखैरेनीस्थित क्याम्पसमा मास्टर डिग्री अध्ययन सञ्चालनका लागि रु १,११,०५५/- रकम अक्षयकोषका रूपमा सहयोग प्रदान गरेकी छन्।

    थापाले आफ्नै नाम तथा आफ्ना छोराहरू प्रदिप चितौरे थापा र उदित चितौरे थापाको नाममा उक्त रकम प्रदान गरेकी हुन्। सो सहयोग आँबुखैरेनी सेवा समाज का अध्यक्ष मनोज कुमार श्रेष्ठमार्फत क्याम्पसलाई हस्तान्तरण गरिएको जनाइएको छ।

    प्रेम कुमारी थापा आँबुखैरेनी सेवा समाजकी आजीवन सदस्यसमेत हुन्। समाजले २०७४ सालदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न समाजसेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    स्थानीय स्तरमै उच्च शिक्षा अध्ययनको अवसर विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषले क्याम्पसमा मास्टर डिग्री कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।