गोविन्द भट्टराईको प्रतिबद्धता : पाँच वर्षमा तनहुँको शिक्षा क्षेत्रमा सुधार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोविन्द भट्टराईको प्रतिबद्धता : पाँच वर्षमा तनहुँको शिक्षा क्षेत्रमा सुधार

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    दमौली, ११ फागुन । नेपाली कांग्रेसका तर्फबाट तनहुँ–१ का प्रतिनिधिसभा उम्मेदवार गोविन्द भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि र भौतिक पूर्वाधार सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

    उनले सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर उकास्न आधुनिक शिक्षण विधि, प्रविधिमैत्री कक्षा कोठा र सक्षम शिक्षक व्यवस्थापनमा जोड दिने बताएका छन्। “शिक्षा नै समृद्ध समाज निर्माणको आधार हो। त्यसैले गुणस्तरीय शिक्षा र सुरक्षित, व्यवस्थित विद्यालय संरचना निर्माणमा मेरो विशेष ध्यान रहनेछ,” भट्टराईले उल्लेख गरे।

    आगामी पाँच वर्षभित्र तनहुँको शिक्षा क्षेत्रलाई उदाहरणीय बनाउने लक्ष्यसहित आफू अघि बढेको बताउँदै भट्टराईले अभिभावक, शिक्षक तथा स्थानीय तहसँग सहकार्य गर्दै दीर्घकालीन सुधारका कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएका छन्।