धादिङ बस दुर्घटना : तनहुँका चार घाइतेको काठमाडौमा उपचार हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धादिङ बस दुर्घटना : तनहुँका चार घाइतेको काठमाडौमा उपचार हुँदै

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    दमौली, ११ फागुन । पोखराबाट काठमाडौं जॉदै गरेको ग२ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समिति अन्तर्गतको बस आइतबार राति करिब १ बजेतिर दुर्घटनामा परेको छ। बस बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    दुर्घटनापछि उद्धार गरिएका घाइतेमध्ये तनहुँका चार जनाको काठमाडौंमा उपचार भइरहेको छ। घाइते सोमप्रसाद मल्ल, मानबहादुर थापा र सदिक्षा हमालको ट्रमा सेन्टर र सुबिन मल्लको नेशनल अस्पतालमा उपचार जारी रहेको छ।