धादिङ बस दुर्घटना अपडेट : तनहुँका पॉच जना मृतकको सनाखत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धादिङ बस दुर्घटना अपडेट : तनहुँका पॉच जना मृतकको सनाखत

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    दमौली, ११ फागुन । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान १ः३० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका पॉच जना रहेको धादिङ प्रहरीले जनाएको छ ।

    प्रहरी नायब उपरिक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका–४ बस्ने ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ बस्ने ५५ वर्षीय विष्णुमाया ढकाल, भिमाद नगरपालिका–६ बस्ने४५ वर्षीय हरिप्रसाद सिग्देल, शुक्लागण्डकी नगरपालिका-७ बस्ने ६३ वर्षीय रुद्रप्रसाद ढकाल, शुक्लागण्डकी नगरपालिका-२ बस्ने २० वर्षीया अर्चना पौडेलको मृत्यु भएको छ ।