धादिङ बस दुर्घटनामा तनहुँका दम्पत्तिकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धादिङ बस दुर्घटनामा तनहुँका दम्पत्तिकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    दमौली, ११ फागुन । धादिङमा भएको बस दुर्घटनाले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटार मालेबगर शोकमग्न बनेको छ। ६० वर्षीय रुद्रप्रसाद ढकाल र उनकी ५५ वर्षीया श्रीमती विष्णुमाया ढकालको एउटै दुर्घटनामा कारुणिक निधन भएको छ।

    तीन महिनादेखि काठमाडौंमा नाति हेर्दै बसेकी विष्णुमाया भान्जीको विवाहमा सहभागी हुन फागुन ८ गते घर आएकी थिइन्। काठमाडौं फर्किने बेला श्रीमती एक्लै नपरोस् भनेर रुद्रप्रसादले आफैं पुर्‍याउने निर्णय गरेका थिए। एक वर्षीय नातिलाई भेटेर सोही दिन बेलुका घर फर्किने योजना थियो। तर त्यो योजना कहिल्यै पूरा हुन सकेन।

    अघिल्लो बस छुटेपछि बीचको सिट पाउने भन्दै अर्को बस रोजिएको थियो। तर नियतिले बीच बाटोमै निर्दयी खेल खेल्यो। परिवारका अनुसार ढकाल दम्पतीका जेठो छोरा जर्मनीमा छन् भने अर्का छोरा सविन ढकाल साउदी अरबबाट नेपाल फर्किँदै छन्।