अरुण माविको ६६औँ वार्षिकोत्सवमा अक्षयकोषदाता सिद्धान्त गर्जामगर सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अरुण माविको ६६औँ वार्षिकोत्सवमा अक्षयकोषदाता सिद्धान्त गर्जामगर सम्मानित

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    दमौली, ११ फागुन । तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित अरुण माध्यमिक विद्यालयको ६६औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा पूर्व विद्यार्थी तथा अक्षयकोषदाता सिद्धान्त गर्जामगरलाई सम्मान गरिएको छ।

    २४ वर्षअघि सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका गर्जामगरले आफ्ना स्वर्गीय हजुरबुबा–हजुरआमाको स्मृतिमा रु. १ लाखको अक्षयकोष स्थापना गरेका थिए।

    सम्मान ग्रहण गर्दै गर्जामगरले विद्यालयले दिएको शिक्षा र संस्कारले जीवन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै समाज र देशप्रति थप जिम्मेवार र रचनात्मक कार्यमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।