


दमौली, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले व्यास नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
घरदैलो अभियानका क्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए। स्थानीय बासिन्दासँगको संवादमा विकास, सुशासन र रोजगारीका विषयमा छलफल भएको बताइएको छ।
डा. वाग्लेले घरदैलोका क्रममा प्राप्त भएको माया, साथ र समर्थनले आफूहरूप्रतिको जनविश्वास अझ मजबुत बनेको बताए। “घरदैलोमा पाएको मायाले हामीप्रतिको विश्वास झन् बलियो बनाएको छ,” उनले भने, “यस विश्वासलाई काममार्फत प्रमाणित गर्नेछौं।”
