रास्वपा कार्यालय पुगेर एमाले उम्मेदवार न्यौपानेले मागिन् मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा कार्यालय पुगेर एमाले उम्मेदवार न्यौपानेले मागिन् मत

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०८२, बुधबार

    दमौली, १३ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भगवती न्यौपाने बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको पार्टी कार्यालयमा पुगेर मत मागेकी छिन् ।

    निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूबीच भेटघाट तथा संवादलाई तीव्र बनाइएको छ। सोही क्रममा न्यौपाने रास्वपा तनहुँ कार्यालय पुगेर त्यहाँ उपस्थित नेता–कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाट गरेकी थिइन् । उनले लोकतान्त्रिक प्रतिस्पर्धामा सबैसँग सहकार्य र सम्मान आवश्यक रहेको उल्लेख गर्दै विकास र समृद्धिका एजेन्डामा समर्थन गर्न आग्रह गरेकी छिन् ।

    पार्टीगत प्रतिस्पर्धाबीच पनि आपसी सद्भाव र संवादको सन्देश दिन आफू विभिन्न दलका कार्यालयमा पुगिरहेको न्यौपानेको भनाइ छ।