आँबुखैरेनी गाउँपालिकाद्वारा रु सात लाख ५० हजार छात्रवृत्ति वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकाद्वारा रु सात लाख ५० हजार छात्रवृत्ति वितरण

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०८२, बिहीबार

    दमाैली, २८ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    गाउँपालिकाले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिकामा आज आयोजित कार्यक्रममा रामशाह माध्यमिक विद्यालय का ४० जना, मित्रता माध्यमिक विद्यालय का ३० जना तथा अन्य स्थानमा अध्ययनरत ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले प्रति विद्यार्थी रु दश हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो । यसअनुसार कुल रु सात लाख ५० हजार वितरण गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिलोस् भन्ने उद्धेश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताए । उनले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पनि जानकारी दिए ।

    यस प्रकारको छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा टेवा पुग्ने, अध्ययनप्रति थप प्रेरणा मिल्ने तथा गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनकाे भनाइ छ ।