


दमौली, २९ फागुन । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आज बिहान १ बजे आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको छ ।
व्यास नगरपालिका–१ विज्ञानचौर बस्ने शिव ताम्राकार र व्यास नगरपालिका–६ बाह्रबिसे बस्ने पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गर्दै आएको टिनले बनाएको एक ताले पोखरा मानुङकोट रिसोर्टमा आगलागी हुँदा रु दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकका अनुसार विद्युत चुहिएर आगलागी हुँदा लत्ताकपडा, मदिरा सामान, किराना सामान जलेर नष्ट भएको छ । स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले डेढ घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा लिएको थियो ।
