बन्दीपुरमा मगर मातृभाषा र लिपि प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा मगर मातृभाषा र लिपि प्रशिक्षण

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०८२, आईतवार

    दमौली, १ चैत । स्थानीय तहमा मातृभाषा कार्यान्वयन गर्ने लक्ष्यका साथ तनहुँको बन्दीपुरमा मगर मातृभाषा तथा लिपि सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। संघीय संविधान र गण्डकी प्रदेश सरकारको नीति बमोजिम मातृभाषाको जगेर्ना गर्न नेपाल मगर संघ बन्दीपुर गाउँकार्य समितिले सो कार्यक्रमको आयोजना गरेको हो।

    कार्यक्रमलाई बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले स्थानीय सरकारले मातृभाषा र लिपिको संरक्षणलाई प्राथमिकतामा राखेको बताए । उनले भने, “हाम्रो पहिचान नै हाम्रो भाषा र संस्कृति हो, यसलाई सरकारी कामकाज र स्थानीय तहमा व्यवहारिक रूपमा उतार्न पालिकाले आवश्यक सहकार्य गर्नेछ।”

    नेपाल मगर संघ गण्डकी प्रदेश इन्चार्ज सिद्धान्त गर्जामगरले मगर जातिको अक्खा लिपि र भाषालाई नयाँ पुस्तासम्म पुर्‍याउन ढिलाइ गर्न नहुनेमा जोड दिए।

    नेपाल मगर संघ तनहुँका अध्यक्ष हर्कबहादुर थापा, सचिव अमर थापाले नेपालको संविधानले दिएको भाषिक अधिकारलाई स्थानीय स्तरमा कार्यान्वयन गर्न र लोपोन्मुख लिपिहरूको संरक्षणका लागि यो प्रशिक्षण प्रभावकारी हुने बताए ।