समानुपातिक सूचीमा मुस्लिम प्रतिनिधित्व नपरेको भन्दै कलिला खानको गुनासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समानुपातिक सूचीमा मुस्लिम प्रतिनिधित्व नपरेको भन्दै कलिला खानको गुनासो

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०८२, आईतवार

    दमौली, १ चैत । नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य कलिला खानले समानुपातिकतर्फ प्राप्त ९ सिटमध्ये मुस्लिम समुदायबाट एक जना पनि नपरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनले पार्टीबाट मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित नभएको विषयलाई दुःखद भन्दै पार्टीको समावेशी सिद्धान्त व्यवहारमा कमजोर देखिएको टिप्पणी गरिन्।

    खानका अनुसार लामो समयदेखि पार्टीलाई साथ दिँदै आएका मुस्लिमहरूलाई केवल भोट बैंकका रूपमा प्रयोग गरिएको अनुभूति भइरहेको छ। “अब मुस्लिम समुदायले गम्भीर रूपमा सोच्ने समय आएको छ,” उनले भनिन्, “हामीहरू केवल झोला बोकेर भोट हाल्ने समूह मात्रै बन्ने हो कि भन्ने प्रश्न उठेको छ।”

    समावेशी प्रतिनिधित्व लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै खानले सबै समुदायको न्यायोचित सहभागिता सुनिश्चित गर्न पार्टी नेतृत्वले पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरिन्।