भगवती न्यौपाने भन्छिन् : मेरो जीवन सधैं जनताका लागि समर्पित छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भगवती न्यौपाने भन्छिन् : मेरो जीवन सधैं जनताका लागि समर्पित छ

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०८२, आईतवार

    दमौली, १ चैत । नेकपा एमाले नेतृ भगवती न्यौपानेले आफ्नो जीवन सधैं जनता र मातृभूमिका लागि समर्पित गर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, “मेरो जीवन तपाईंहरुकै लागि समर्पित छ। निर्वाचनमा होमिनु मात्र होइन, हिजो, आज र भोलि सधैं यो प्रतिबद्धता जारी रहने छ।”

    उक्त सन्देशमा उनले पराजयले माया घटाएको छैन, बरु अझै बढेको बताउँदै सुखदुःख दुबै अवस्थामा जनता सम्झिने प्रतिवद्धता व्यक्त गरेकी छन्। “जन्मिएको जिल्ला, क्षेत्र वा माटो मेरो लागि प्राणभन्दा बढी प्रिय छ। गर्न सक्ने जति योगदान गर्नेछु, यात्रा अझै बाँकी छ,” उनले भनिन्। साथै उनले आफ्नो राजनीतिक दृष्टिकोणमा अडिग रहेको र आदरणीय आमाबुबा, दिदीबहिनी र दाजुभाइप्रति सधैं समर्पित रहेको कुरा पनि व्यक्त गरेकी छन्।नेतृत्वको चुनौती र कठिनाइबीच पनि उनले स्पष्ट पारेकी छन्, “हुरीले ढालेको हो, मारेको छैन।”