बन्दीपुर केबलकार सेवा सञ्चालन समय विस्तार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार सेवा सञ्चालन समय विस्तार

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८२, आईतवार

    दमौली, ८ चैत । बन्दीपुलहिल अन्तर्गत सञ्चालनमा रहेको बन्दीपुर केबलकार सेवाको सञ्चालन समय संशोधन गरिएको छ। यसअघि बिहान ७:३० बजेदेखि साँझ ६:१५ बजेसम्म सञ्चालन हुँदै आएको सेवा अब चैत १० गते मंगलबारदेखि लागू हुने गरी दैनिक बिहान ७:३० बजेदेखि साँझ ६:४५ बजेसम्म सञ्चालन हुने भएको छ।

    बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले जारी गरेको सूचनामा यात्रुहरूको सुविधा, सेवा गुणस्तर तथा सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन समय थप गरिएको उल्लेख गरिएको छ।

    यससँगै केबलकारसँग सम्बन्धित अन्य सेवाहरू पनि विस्तार गरिएको छ। ड्राइभ-इन रेस्टुरेन्ट सेवा अब साँझ ९:०० बजेसम्म उपलब्ध रहने जनाइएको छ।