


दमौली, ११ चैत । दमौली घर भई हाल अमेरिका बसोबास गर्दै आएका इशान श्रेष्ठको बुधबार दुखद निधन भएको छ।
अचानक मुटुमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको असामयिक निधनले परिवार, आफन्त तथा साथीभाइमा शोकको वातावरण छाएको छ।