जेनजी आन्दोलनमा तनहुँमा केके भयो ? यस्तो छ प्रतिवेदन !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेनजी आन्दोलनमा तनहुँमा केके भयो ? यस्तो छ प्रतिवेदन !

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८२, बुधबार

    दमौली, ११ चैत । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा तनहुँमा भएको घटनको बारेमा पनि विस्तृतरुपमा उल्लेख गरेको छ । आयोगको पृष्ठ नम्बर ३९२, ३९३ र ३९४ मा तनहुँमा भएको घटनाको बारेमा उल्लेख गरिएको छ ।

    तनहुँबारे विवरण
    २०८२ भाद्र २३ गते काठमाडौं लगायतका स्थानमा जियनजेड प्रदर्शनमा भएको घटनाक्रमहरुको कारण यस जिल्लामा पनि हुन सक्ने प्रदर्शनलाई मध्यनजर गरी मिति २०८२ भाद्र २४ गते विहान बसेको जिल्ला सुरक्षा समिति बैठकको निर्णायानुसार जिल्ला सदरमुकाममा रहेका सरकारी निकायहरु रहेको स्थानहरुको चारकिल्ला तोकी बिहान १०ः०० बजे देखि निशेधाज्ञा आदेश जारी गरिएको । सोही घटनालाई मध्यनजर गरी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा रहेको सुरक्षा कमाण्ड पोष्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायका जिल्ला प्रमुख बसी आवश्यक समन्वय, नियमन र निर्देशन गरिएको ।

    बिहान करिव ११ः०० बजेतिर जिल्ला सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा करिव ४०–५० जनाको हाराहारीमा प्रदर्शनकारी जम्मा भई शान्तिपूर्ण नारा जुलुस सहित प्रदर्शन भएको । मध्यान्ह करिव १२ः०० बजेतिर प्रदर्शनकारीको भीड बढ्न गएको र प्रदर्शनकारीहरु जिल्ला स्थित राजनैतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओबादी केन्द्रका पार्टी कार्यालय, दिउसो करिव १ः०० बजेदेखि ३ः०० बजेसम्म सम्माननीय राष्ट्रपतिज्यूको व्यास–२ को निवासमा ढुङ्गा प्रहार, व्यास नगरपालिकामा तोडफोड र सवारी साधनमा आगजनी, दिउसो ३ः०० बजे देखि साँझ ७ः०० बजे सम्म प्रदर्शनकारीहरुबाट जिल्ला सदरमुकामस्थित सरकारी कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँ जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालयमा तोडफोड र आगजनी तथा सवारी साधनमा समेत तोडफोड र आगजनी भएको ।

    प्रदर्शनकारीद्वारा जिल्ला प्रशासन कार्यालयमा मध्यान्हतिर ढुङ्गामुढा भएकोमा सुरक्षाकर्मीबाट सामान्य तवरबाट भीड तितरवितर गरिएकोमा पुनः साझ ५ बजेदेखि जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेका सवारी साधनमा आगजनी, प्रशासकीय भवनमा तोडफोड र आगजनी हुँदा कार्यालयमा आगलागि भएको, प्रमुख जिल्ला अधिकारी निवास साथै कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी निवासमा लुटपाट, आगजनी गरिएको साथै कर्मचारी निवासहरुमा समेत लुटपाट, तोडफोड र आगजनी गरिएको ।

    साझ ७ः०० बजेतिर केही प्रदर्शनकारीहरु कारागार कार्यालय तनहुँमा गई ढुङ्गामुडा गरे पश्चात कारागार भित्रका कैदीबन्दीहरु पनि तोडफोड र आगजनीमा उत्रिई कारागार भित्र रहेका सम्पूर्ण ३२७ जना कैदीबन्दीहरु कारागार तोडफोड गरी भागेको ।

    प्रदर्शनकारीबाट जिल्लाको शुक्लागण्डकी नगरपालिका तथा वडा कार्यालयहरुमा समेत तोडफोड र आगजनी भएको ।

    २०८२ भाद्र २४ गतेको राति देखि नेपाली सेनाको परिचालन पश्चात पनि सो रात सरकारी कार्यालयहरुमा लुटपाट, कर्मचारी निवासहरुमा लुटपाट जस्ता घटना भएकोमा कार्यालय तथा निवास वरपरका सि.सी. क्यामेराहरु समेत प्रदर्शनको क्रममा तोडफोड गरी क्षति पुगेको हुँदा उक्त घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्न कठिन भएको ।

    २०८२ भाद्र २५ गते व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका एवं शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा आक्रमण गरी आगजनी गर्ने तयारी रहेको भनी गुनासो प्राप्त भएकाले ती स्थानहरुमा नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले गस्ति गरी गराई सम्भावित जोखिम व्यवस्थापन गरिएको ।

    मिति २०८२।०५।२६ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट नेपाली सेनाको विज्ञप्ति नं. १३. मिति २०८२।०५।२५ गतेको विज्ञप्तिमार्फत भएको निषेधाज्ञा र कफ्र्यू आदेश प्रभावकारी कार्यान्वयन गर्न जिल्लास्थित सुरक्षा निकायहरु समन्वयात्मक रुपमा परिचालित गरिएको ।
    मिति २०८२।०५।२८ गते वसेको जिल्ला सुरक्षा समितिको बैठकबाट जियनजेड प्रदर्शनको क्रममा आगजनी तथा तोडफोड भएका सवारी साधन, संरचना तथा सामग्रीको क्षतिको मुल्यांकन र व्यवस्थापनका लागि अवरोध व्यवस्थापन समिति गठन गरी सार्वजनिक स्थलको सुरक्षा, यातायातको अवरोध कार्य सञ्चालन जोखिम तथा अवरोध भएमा व्यवस्थापन गरी सेवा प्रवाह सूचारु गर्ने वातावरण तयार पारिएको ।

    सुरक्षा निकायको परिचालन र समन्ययः
    जिल्लास्थित सुरक्षा निकायको परिचालनको अवस्था प्रभावकारी रहेको थियो। सुरक्षा निकायहरु, सरकारी कार्यालयका प्रमुख तथा स्थानीय जनप्रतिनिधि सहितको बैठक बसी प्रदर्शनको क्रममा क्षति भएका कार्यालयहरुको सेवा प्रवाह सूचारुका लागि आवश्यक मेसिनरी औजार तथा फर्निचरको आवश्यकता तथा व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी तत्काल सेवा सुचारु गर्ने वातावरण बनाई सेवा सुचारु गरिएको ।
    लुटपाटको क्रममा जिल्ला प्रशासन कार्यालयबाट व्यक्तिको निजी घरमा पु¥याएको केही थान राहदानी तथा राष्ट्रिय परिचयपत्र सुरक्षित रुपमा नियन्त्रणमा लिइएको भन्ने व्यहोराको तनहुँ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले गरेको घटना विवरण कागज सक्कल अनुसूची ६ मा रहेको छ ।

    May be an image of text
    May be an image of textMay be an image of text that says 'सुरक्षा निकायको परिचालन र समन्यय: जिल्लास्थित सुरक्षा निकायको परिचालनको अवस्था प्रभावकारी रहेको थियो| सुरक्षा निकायहरू, सरकारी कार्यालयका प्रमुख तथा स्थानीय जनप्रतिनिधि सहितको बैठक बसी प्रदर्शनको क्ममा क्षति भएका कार्यालयहरुको सेवा प्रवाह सूचारुका लागि आवश्यक मेसिनरी औजार तथा फर्निचरको आवश्यकता तथा व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी तत्काल सेवा सुचारू गर्ने बातावरण बनाई सेवा सुचार गरिएको। लुटपाटको क्ममा जिल्ला प्रशासन कार्यालयवाट व्यक्तिको निजी घरमा पुऱ्याएको केही थान राहदानी तथा राष्ट्रिय परिचयपत्र सुरम्षित रुपमा नियन्तवणमा लिइएको भन्ने व्यहोराको तनहू जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले गरेको घटना विवरण कागज सककल अनुसूची ६ मा रहेको छ|'