चैतेदसैंमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको भीड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चैतेदसैंमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको भीड

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८२, बिहीबार

    दमाैली, १२ चैत । चैतेदसैंको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । व्यास नगरपालिका–४ सहिद शान्ति पार्कभित्र रहेको तनहुँ कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको हो ।

    बडादसै र चैतेदसैंको अवसरमा तनहुँ कालिका मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । मन्दिरमा पूजाआजाका लागि दमौली आसपासबाट भक्तजन आएको व्यास–४ का वडाध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

    May be an image of temple
    May be an image of one or more people
    May be an image of temple and text
    May be an image of temple

    तनहुँ कालिका मन्दिर मल्लकालिन प्यागोडा शैलीमा निर्माण गरिएको छ । रु तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो । तीन तले र ५५ फिट उचाईको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुडाल हालिएको छ भने मन्दिरमा ९ फिट उचाईको गजुर राखिएको छ ।

    पृथ्वीराजमार्ग अन्तर्गत दमौली बजारबाट एक किमिको दूरीमा रहेको उक्त पार्कसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइनेछ । अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ ।

    दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको छ ।