


दमौली, १३ चैत । तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले आज अर्थमन्त्री बन्ने भएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट ३८ हजार ४० मत प्राप्त गर्दै विजयी भएका वाग्ले सरकारमा महत्वपूर्ण जिम्मेवारी पाउने निश्चित भएको हो।
निर्वाचन अगाडि नै रास्वपा सभापति रवि लामिछानेले वाग्लेलाई अर्थमन्त्री बनाउने सार्वजनिक प्रतिबद्धता जनाएका थिए। सोही अनुसार आज उनी अर्थमन्त्रालयको नेतृत्व सम्हाल्ने तयारीमा रहेका छन्।
अर्थशास्त्रको क्षेत्रमा लामो अनुभव हासिल गरेका वाग्ले विश्व बैंक लगायत अन्तर्राष्ट्रिय संस्थामा समेत कार्यरत रहिसकेका छन्। उनको नियुक्तिलाई देशको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
नयाँ अर्थमन्त्रीका रूपमा उनले आर्थिक सुधार, लगानी प्रवर्द्धन तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।