बीपी विचार समाज तनहुँको सातौं अधिवेशन सम्पन्न, अधिकारीको नेतृत्वमा जिल्ला समिति चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बीपी विचार समाज तनहुँको सातौं अधिवेशन सम्पन्न, अधिकारीको नेतृत्वमा जिल्ला समिति चयन

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८२, शुक्रबार

    दमौली, १३ चैत । बीपी विचार समाज तनहुँको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले एकातर्फ संगठनात्मक नयाँ नेतृत्व चयन गरेको छ भने अर्कोतर्फ नेपाली राजनीतिमा सिद्धान्तको स्थान र वर्तमान सत्ता–केन्द्रित प्रवृत्तिमाथि गहन बहससमेत उठाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले अधिवेशन उद्घाटन गर्दै कांग्रेसका संस्थापक बीपी कोइरालाका विचार, सिद्धान्त र आदर्शलाई पुनः जनस्तरमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। जोशीले भन्नुभयो, “कांग्रेसले बीपीको सिद्धान्तलाई छाड्दै जाँदा सत्ता–केन्द्रित राजनीति हाबी भयो, जसले पार्टी मात्र होइन, देशलाई समेत संकटमा पुर्‍याएको छ।”

    जोशीको भनाइले अहिलेको राजनीतिक प्रवृत्तिमाथि प्रश्न उठाउँदै कांग्रेसभित्रै वैचारिक पुनर्जागरणको आवश्यकता रहेको संकेत गरेका छन् । पछिल्लो समय दलहरूबीचको प्रतिस्पर्धा नीति र कार्यक्रमभन्दा पनि सत्ता समीकरणमा सीमित हुँदै गएको उनले बताए ।

    समाजका केन्द्रीय सदस्य एवं जिल्ला सभापति हरिशरण पण्डितको अध्यक्षतामा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा प्रताप सिंह अधिकारीको सभापतित्वमा नयाँ जिल्ला समिति गठन गरिएको छ।

    उपसभापतिमा क्याप्टेन रेशम बहादुर गुरुङ, कोषाध्यक्षमा भीमकुमार श्रेष्ठ, सह–सचिवमा लालमती गुरुङ, सदस्यहरूमा नरनाथ काफ्ले, इन्द्रबहादुर दरै, ई. दीर्घबहादुर थापा क्षेत्री, केशरबहादुर गुरुङ, नरेन्द्र थापा, इन्द्रप्रसाद पौडेल, हरिप्रसाद भण्डारी, विजयराज भट्टराई, विष्णुप्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ, तुलसी सिग्देल लगायत रहेका छन् ।