


दमौली, २५ चैत । तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनी अड्डामा बुधबार भूपू सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गरे ।
कार्यक्रममा भूतपूर्वसैनिक तथा बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रित परिवारमध्ये विभिन्न कर्जा प्राप्त गर्ने ऋणीहरूलाई चेक हस्तान्तरण, कल्याणकारी कार्यक्रमअन्तर्गत सर्वोत्कृष्ट र उत्कृष्ट लघुउद्यम व्यवसायीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।







