महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८२, बुधबार

    दमौली, २५ चैत । तनहुँको व्यास नगरपालिका–३ मा महिलाहरूलाई लक्षित गर्दै अचार बनाउने तालिम सम्पन्न भएको छ।

    गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ उद्यमीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले अचार सम्बन्धी प्राविधिक सीप विकास तालिम सञ्चालन गरिएको हो। व्यास नगरपालिकाको आयोजनामा सम्पन्न उक्त तालिममा वडा नं. ३ का विभिन्न टोलबाट सहभागी महिलाहरूलाई अचार उत्पादनका विधि, सरसफाइ मापदण्ड, गुणस्तर कायम गर्ने तरिका, प्याकेजिङ, लेबलिङ तथा बजारीकरण सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

    व्यास-३ का वडाध्यक्ष अनुप रानाले यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै घरेलु उद्योगमार्फत आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

    नगर प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय स्तरमा उपलब्ध स्रोत र सम्भावनालाई उपयोग गर्दै महिलाहरूलाई उद्यमशीलतामा जोड्नु नगरपालिका प्राथमिकता भएको उल्लेख गरे । उनले यस्ता तालिमहरूले रोजगारी सिर्जना गर्नुका साथै गरिवी न्यूनीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले तालिमलाई केवल सीप सिक्ने कार्यक्रमका रूपमा मात्र नभई आयआर्जनसँग जोडिएको दिगो पहलका रूपमा लिन आग्रह गरे ।

    तालिमबाट सहभागी महिलाहरूमा उत्साह बढेको र सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ।