


दमौली, २५ चैत । तनहुँमा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले सम्मानित तनहुँ जिल्ला अदालतको मिति २०८० फागुन २६ गतेको फैसलाले तीन महिना कैद सजाय, रु ३ हजार जरिवाना तथा रु २०० क्षतिपूर्ति तोकिएको अवस्थामा फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराएको जनाएको छ।
अदालतको आदेशपछि उक्त प्रतिवादीलाई कैद भुक्तानका लागि जिल्ला कारागार तनहुँमा पठाइएको प्रहरीले जनाएको छ।