जनतासँग प्रत्यक्ष संवाद गर्दै सांसद श्रीराम न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    जनतासँग प्रत्यक्ष संवाद गर्दै सांसद श्रीराम न्यौपाने

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८२, बुधबार

    दमौली, २५, चैत । तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई निरन्तरता दिएका छन्। चुनावका बेला गरेका प्रतिबद्धताहरू कार्यान्वयन गर्ने उद्देश्यसहित हरेक तीन महिनामा जनसंवाद गर्ने अभ्यासअनुसार चैत्र २३ गते घिरिङ गाउँपालिका र २४ गते ऋषिङ गाउँपालिकामा सांसद–जनसंवाद कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, समाजका अगुवा, बुद्धिजीवी तथा आम नागरिकहरूको सहभागिता रहेको थियो। घिरिङ गाउँपालिकामा करिब ४ घण्टा र ऋषिङ गाउँपालिकामा ३ घण्टासम्म सञ्चालन भएको कार्यक्रममा सांसद न्यौपानेले प्रत्यक्ष रूपमा जनताका समस्या, गुनासा तथा सुझाव सुनेका थिए।

    उक्त अवसरमा उनले संघीय सांसदको हैसियतमा निर्वाचित भएपछि गरेका प्रयासहरू तथा सरकारद्वारा सम्पन्न महत्वपूर्ण कार्यहरूको जानकारी समेत जानकारी गरेका थिए।

    सांसद न्यौपानेले यस प्रकारको संवादले जनताका वास्तविक समस्या पहिचान गर्न, योजना तथा आयोजना बैंक तयार पार्न, सम्बन्धित निकायसँग समन्वय गर्न र आवश्यक परे संसदमा सशक्त रूपमा आवाज उठाउन सहयोग पुग्ने बताए।

    हाल संसद सुचारु रहेको अवस्थामा अर्को सूचना नआएसम्मका लागि बाँकी पालिकामा हुने जनसंवाद कार्यक्रम स्थगित गरिएको समेत उनले जानकारी दिए।

    जनताको सक्रिय सहभागितामा घरदैलोमै योजना निर्माण गर्ने अभ्यासले उत्तरदायी र उन्नत लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।