


दमौली, २७ चैत । व्यास नगरपालिकाले चैत ३० गते स्थापना दिवसमा स्थानीय बिदा दिने निर्णय गरेको छ । उक्त दिन नगरपालिकाको वार्षिक स्थापना दिवस भएकाले नगरपालिका कार्यालय, वडा कार्यालय र नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु (अत्यावश्यक बाहेक) मा बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
