


दमौली, २८ चैत । ऑबुखैरेनी अस्पतालले बिदाको दिन आइतबार पनि सेवा दिने भएको छ ।
आँबुखैरेनी गाउँपालिकाको व्यवस्थापनमा सञ्चालित आँबुखैरेनी अस्पतालले आइतबार पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने जनाएको हो ।
अस्पतालका अनुसार आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म ओपीडी सेवा उपलब्ध हुनेछ भने अन्य अत्यावश्यक स्वास्थ्य सेवाहरू भने नियमित रूपमा निरन्तर सञ्चालन हुनेछन्।