गृहमन्त्री सुधनसँग ८९ तोला सुन, ६ किलो चॉदी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गृहमन्त्री सुधनसँग ८९ तोला सुन, ६ किलो चॉदी

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०८२, आईतवार

    काठमाडौ, २९ चैत । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार मन्त्री गुरुङसँग उल्लेख्य परिमाणमा सुनचाँदीसहित विभिन्न जिल्लामा जग्गा रहेको देखिएको छ।

    गृहमन्त्री गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ। उनले धनकुटाको कार्कीछाप, चितवनको भरतपुर र गोरखाको चुमनुब्रीमा आफ्नो र परिवारको नाममा जग्गा रहेको उल्लेख गरेका छन्। यीमध्ये अधिकांश जग्गा पैतृक रहेको विवरणमा जनाइएको छ।