


दमौली, ३० चैत । ऑबुखैरेनी गाउँपालिकाले संघीय सरकारको निर्णय नमान्ने भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रअनुसार “२०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट सुरु गर्ने र वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्ने” निर्णय भए पनि आँबुखैरेनी गाउँपालिकाले स्थानीय अवस्थालाई मध्यनजर गर्दै फरक मिति निर्धारण गरेको छ।
नेपालको संविधान तथा प्रचलित कानूनअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन अधिकार स्थानीय तहमा रहने व्यवस्था बमोजिम गाउँपालिकाले आफ्नै शैक्षिक क्यालेण्डर लागू गरेको अध्यक्ष शुक्र चुमानले बताए ।
गाउँ कार्यपालिकाको सोमबारके निर्णयअनुसार आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ वैशाख २ गतेदेखि नै भर्ना अभियान सञ्चालन गर्नुका साथै नियमित पठनपाठन पनि सुरु गरिने चुमानले बताए ।