


दमाैली, ३० वैशाख । तनहुँको व्यास नगरपालिकाकाे सोमबार सम्पन्न ३४औँ स्थापना दिवस कार्यक्रमको सन्दर्भमा रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले कार्यक्रम व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
उनले औपचारिक निमन्त्रणा नपठाईकन मञ्चमा बोलाउन खोजिएकोप्रति आपत्ति जनाउँदै यसलाई अस्वाभाविक र अव्यवस्थित शैलीको संज्ञा दिएका छन्। “निमन्त्रणा नगर्ने तर मञ्चमा बोलाउने प्रवृत्ति उपयुक्त होइन,” उनले टिप्पणी गरे।
दाहालका अनुसार यस्तो व्यवहारले सार्वजनिक कार्यक्रममा अनावश्यक भ्रम सिर्जना गर्ने र सरोकारवालाहरूबीच असहजता बढाउने गर्दछ। “यसले अरूको नजरमा किन कार्यक्रममा उपस्थित भएन भन्ने प्रश्न उठाउँछ र कौतुहल पैदा गर्छ,” उनले उल्लेख गरेका छन् ।