अन्तरपालिका स्तरीय भलिबल : महिलातर्फ देवघाट र घिरिङ फाइनलमा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तरपालिका स्तरीय भलिबल : महिलातर्फ देवघाट र घिरिङ फाइनलमा प्रवेश

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८२, सोमबार

    दमौली, ३० चैत । व्यास नगरपालिकाको ३४ औं स्थापना दिवसका अवसरमा नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तरजिल्ला पालिकास्तरीय महिला पुरुष भलिबलको महिलातर्फ देवघाट गाउँपालिका र घिरिङ गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।

    आजदेखि सुरु भएको भलिबल प्रतियोगिताको सेमिफाइनलमा शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै देवघाट गाउँपालिका फाइनल प्रवेश गरेको हो । देवघाटले शुक्लागण्डकीलाई २–० सेटले पराजित गरेको छ ।

    यस्तै घिरिङ गाउँपालिकाले भिमाद नगरपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । घिरिङले भिमादलाई २–१ सेटमा पराजित गरेको छ ।

    यस्तै आजै भएको पहिलो चरणको खेलमा शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाबीच भएको खेलमा शुक्लागण्डकी विजयी भएको थियो । व्यास नगरपालिका र देवघाट गाउँपालिकाबीच भएको खेलमा देवघाट गाउँपालिका विजयी भएको थियो । ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाबीच भएको खेलमा घिरिङ विजयी भएको थियो ।

    फाइनल खेल वैशाख २ गते हुने नगर खेलकुद विकास समितिका संयोजक कुमार गुरुङले जानकारी दिए ।

    यस्तै पुरुषतर्फको खेल भोलि हुनेछ । प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ छ पालिकाको सहभागिता रहेको छ ।

    पुरुषतर्फ विजेतालाई नगद रु एक लाख र उपविजेतालाई रु ७५ हजार प्रदान गरिनेछ । महिलातर्फ विजेतालाई नगद रु ७५ हजार र उपविजेतालाई रु ५० हजार प्रदान गरिनेछ ।