नयाँ वर्षलाई लक्षित गर्दै छाब्दीवाराही मन्दिरमा सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नयाँ वर्षलाई लक्षित गर्दै छाब्दीवाराही मन्दिरमा सरसफाई

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८२, सोमबार

    दमौली, ३० चैत । व्यास–१४ स्थित छाब्दीवाराही मन्दिर क्षेत्रमा नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। छाब्दीवाराही विकास कोषको आयोजनामा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा मन्दिर परिसर, वरपरका सडक तथा सार्वजनिक स्थानहरू सफा गरिएको हो।

    हरेक वर्ष नयाँ वर्षको अवसरमा छाब्दीवाराही मन्दिरमा ठूलो संख्यामा भक्तजन आउने भएकाले वातावरण स्वच्छ र व्यवस्थित बनाउन सरसफाई अभियान सञ्चालन गरिएको विकास कोषले जनाएको छ।

    नयाँ वर्षको दिन यहाँ भक्तजनको घुइँचो लाग्ने भएकाले सरसफाईले आगन्तुकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

    छाब्दीवाराही मन्दिर तनहुँको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित रहँदै आएको छ।