भिमादमा अवैध नदिजन्य पदार्थ उत्खननमा संलग्न तीन ट्याक्टर नियन्त्रण, जरिवाना पछि छाडियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा अवैध नदिजन्य पदार्थ उत्खननमा संलग्न तीन ट्याक्टर नियन्त्रण, जरिवाना पछि छाडियो

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८२, सोमबार

    दमौली, ३० चैत । जिल्लाको भिमाद नगरपालिका–७ सिस्नेरीस्थित सेती नदी किनारबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा तीन वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ।

    सोमबार दिउँसो करिब १ बजे प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमाद, तनहुँबाट खटिएको पाँच सदस्यीय प्रहरी टोलीले उक्त सवारी साधनहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

    नियन्त्रणमा परेका ग १ त ५८७५, ग १ त २३८३ र ग १ त ३१७६ नम्बरका ट्याक्टरहरू ढुङ्गा लोड अवस्थामा फेला परेका थिए। नगरपालिकाले प्रति ट्याक्टर १२ हजार रुपैयाँका दरले जरिवाना लिई सवारी साधनहरू छाडिएको जानकारी दिइएको छ।

    उक्त स्थान इलाका प्रहरी कार्यालय भिमादबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्दछ। प्रहरीले अवैध उत्खनन नियन्त्रणका लागि निगरानी थप कडा पारिएको जनाएको छ।