तनहुँमा गुण्डागर्दीविरुद्ध कडा कदम: संलग्नको प्रोफाइल तयार, कानूनी कारबाही तीव्र – एसपी कार्की
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गुण्डागर्दीविरुद्ध कडा कदम: संलग्नको प्रोफाइल तयार, कानूनी कारबाही तीव्र – एसपी कार्की

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८३, बुधबार

    दमौली, २ वैशाख । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीले गुण्डागर्दी नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा लागिपरेको बताएका छन्। उनले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी प्रोफाइल तयार गरिएको जानकारी दिए।

    एसपी कार्कीका अनुसार, आपराधिक गतिविधिमा संलग्नहरूको पहिचान गरी उनीहरूमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको छ। “हामीले संलग्न व्यक्तिहरूको रेकर्ड राखेर प्रोफाइल बनाएका छौँ, पहिचान भइसकेकाहरूविरुद्ध मुद्धा चलाएका छौँ,” उनले भने।

    उनले थपे, ‘यदि यस्ता गतिविधिसँग सम्बन्धित जाहेरी प्राप्त भएमा समेत सम्बन्धित व्यक्तिलाई कानूनी दायरामा ल्याइनेछ ।’ प्रहरी प्रशासनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न शून्य सहनशीलताको नीति अपनाएको उनको भनाइ छ।