व्यासमा भर्ना अभियान वैशाख ३ देखि सुरु हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा भर्ना अभियान वैशाख ३ देखि सुरु हुने

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८३, बुधबार

    दमौली, २ वैशाख । व्यास नगरपालिकाको नगर शिक्षा समितिको बैठकले नगरभित्रका विद्यालयमा वैशाख ३ गतेदेखि भर्ना अभियान सुरु गर्ने निर्णय गरेको छ।

    नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले वैशाख ७ गतेदेखि अध्यापन सुरु गर्ने समेत निर्णय गरेको छ ।

    यस्तै, संघीय सरकारले तोकेका कार्यक्रमहरू सहित विशेष भर्ना अभियान वैशाख १५ भित्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।

    सामुदायिक तथा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति वितरण र शुल्क व्यवस्थापनबारे अध्ययन गर्न नगर शिक्षा अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

    त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तकहरू मात्र प्रयोग गर्नुपर्ने, अध्यापन गराइने पुस्तकहरूको सूची सार्वजनिक गर्नुपर्ने तथा विद्यालयहरूले स्टेशनरी सामग्री छपाई तथा बिक्री नगर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।