


दमौली, ७ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला महिला÷पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । समितिले आगामी वैशाख २६ र २७ गते व्यास नगरपालिका–३ अनसन चौतारी खेलमैदानमा भलिबल प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिताको तयारी सुरु भएको बताउँदै समितिका अध्यक्ष अनिल पाण्डेले प्रतियोगितामा प्रदेशका सबै जिल्लाबाट सहभागिता रहने जानकारी दिए ।