


दमौली, ११ वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो ३ः५५ बजे यात्रुवाहक बस दुर्घटना भएको छ ।
पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । चालकले नियन्त्रण गुमाइ भएको दुर्घटनामा करिब एक दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएकाे छ ।
घाइतेहरुलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।