


दमौली, १३ वैशाख । व्यास नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरू असन्तुष्ट बनेका छन्।
नगर शिक्षा समितिको हालै बसेको बैठकले सामुदायिक तथा निजी विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको हो।
तर, सरकारी कार्यालयका कर्मचारीलाई भने आइतबार बिदा दिने व्यवस्था यथावत् रहेको अवस्थामा शिक्षकलाई मात्र विद्यालय सञ्चालन गर्नुपर्ने निर्णय गरिएको भन्दै शिक्षकहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले समान प्रकृतिका सेवामा कार्यरत कर्मचारीबीच विभेद गरिएको गुनासो गरेका छन्।