व्यास नगरपालिकाको विद्यालयमा आइतबार बिदाबारे छलफल गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाको विद्यालयमा आइतबार बिदाबारे छलफल गरिने

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८३, बुधबार

    दमौली, १६ वैशाख । व्यास नगरपालिकाले आइतबार बिदाको विषयमा औपचारिक निर्णय अघि बढाउने क्रममा सामुदायिक तथा संस्थागत विद्यालयहरूसँग छलफल गर्ने भएको छ। नगर शिक्षा समितिको गत वैशाख ३ गतेको निर्णयपछि सार्वजनिक गरिएको प्रेस विज्ञप्ति अनुसार केही शिक्षक तथा प्रधानाध्यापकहरूले सामाजिक सञ्जालमा व्यक्तिगत धारणा राखेपछि यस विषयमा थप समन्वय आवश्यक देखिएको भन्दै नगरपालिकाले बिहीबार बैठक बोलाएको हो ।

    नगरपालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक, साथै प्याब्सन र एन-प्याब्सन का पदाधिकारीहरूलाई विद्यालयस्तरमै छलफल गरेर स्पष्ट धारणा बनाउन निर्देशन दिएको छ। पाठ्यक्रमले तोकेको पाठ्यघण्टा पूरा हुने गरी शिक्षण–सिकाइ व्यवस्थापन गर्नु सबै शिक्षकको दायित्व भएकोले आइतबार बिदा दिने वा नियमित पठनपाठन सञ्चालन गर्ने विषयमा ठोस निष्कर्ष निकाल्नुपर्ने बताइएको छ।

    नगरपालिकाका अनुसार बिहीबार बिहान १०:१५ देखि ११:०० बजेसम्म प्रत्येक विद्यालयमा शिक्षक स्टाफ बैठक बस्नेछ, जहाँ आइतबार बिदाको विषयमा छलफल गरिनेछ। त्यसपछि उक्त बैठकको निर्णयको प्रतिलिपि सहित सोही दिन १२:१५ बजे नगरस्तरीय प्रधानाध्यापक बैठकमा अनिवार्य उपस्थित हुनुपर्नेछ।