जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८३, शनिबार

    पाेखरा, १९ वैशाख । पोखरा महानगरपालिका-१९ गैरीखोला बस्ने ४४ वर्षीया बिना पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा बिना समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार २ सय ५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

    यस्तै मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित पार्किङ गरिराखेको बा.५ ख ७३१५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा भक्तपुर दुवाकोट बस्ने काभ्रे घर भएका ३० वर्षीय महेश पन्त समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

    यसैगरी धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित रोहित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक सोही ठाउँ बस्ने ४२ वर्षीय कालुराम चौधरी समेत १० जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार २ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।