जातीय विभेदको आरोपको घटना : गिजोलिएको गिजोलियै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जातीय विभेदको आरोपको घटना : गिजोलिएको गिजोलियै

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८३, मंगलवार

    दमौली, २२ वैशाख । व्यास नगरपालिका–३ दमौलीस्थित ब्रदर्स चटपटका सञ्चालक अशोकप्रसाद डौलियामाथि एक युवतीले जातीय विभेदको आरोप लगाएको घटना झन् गिजोलिदै गएको छ ।

    चटपट खान गएकी दिपिका खड्काले आफूहरुमाथि जातीय विभेद भएको आरोप लगाएकी थिइन् । त्यसको केही दिनपछि म्याग्दे गाउँपालिका–१ का मिनबहादुर चंदारो, व्यास नगरपालिका–१३ का विश्व बुडा परियार र व्यास–१ का विनु विश्वकर्माले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा ठाडो उजुरी दर्ता गरेका थिए ।

    उजुरीपश्चात् जिल्ला प्रहरी कार्यालय तनहुँमा दुवैपक्षबीच छलफल गरिएको र छलफलका क्रममा निज डौलियाले पटक–पटक माफी मागेका थिए । आइतबार पनि दुवै पक्षबीच भएको छलफलका क्रममा उनले आफूबाट गल्ती भएको भन्दै माफी मागेका थिए । पीडित भनिएकी दिपिकाले माफीपश्चात् सहमति जनाएपनि अन्य केही व्यक्तिले विरोध जनाएपछि घटना मिल्न सकिरहेको छैन ।

    मङ्गलबार व्यास नगरपािलकामा दुवै पक्षबीच बसेर घटनालाई टुङ्गोमा पु¥याउन बैठक बसेपनि केही व्यक्तिले विरोध जनाएपछि अझै उक्त विवाद टुङ्गिन सकेन । यद्यपि उक्त छलफल सकारात्मक भएको बुझिएको छ ।

    दलित अगुवा मिनबहादुर चदारोले आजबाट उक्त विवाद टुङ्गिने बताएका छन् ।