जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८३, बुधबार

    कास्की, २३ वैशाख । पोखरा महानगरपालिका-१३ काहुँखोलास्थित एक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार १ सय ८० रूपैयाँ र ८ सय ९९ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।