गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल : सेमिफाइनल चरण पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल : सेमिफाइनल चरण पूरा

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८३, शनिबार

    दमौली, २६ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएका छन् ।

    व्यास नगरपालिका–३ खुल्लामैदानमा आजदेखि सुरु भएको भलिबल प्रतियोगितामा पुरुषतर्फ पर्वत, गोरखा, तनहुँ र नवलपुर सेमिफाइनलमा प्रवेश गरेका छन् । महिलातर्फ तनहुँ, कास्की, पर्वत र म्याग्दी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    सेमिफाइनल खेल आइतबार बिहान सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । पुरुषतर्फ पर्वत र गोरखाबीच पहिलो सेमिफाइनल खेल सञ्चालन हुनेछ । दोस्रो सेमिफाइनल खेल तनहुँ र नवलपुरबीच हुनेछ ।

    महिलातर्फ तनहुँ र कास्कीबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल पर्वत र म्याग्दीबीच हुनेछ ।

    शनिबार भएको पहिलो खेलमा पर्वतले कास्कीलाई २–० सेटले पराजित गरेको थियो । यस्तै नवलपुर र लमजुङबीच भएको खेलमा नवलपुर २–० सेटले विजयी भएको थियो । गोरखा र मुस्ताङबीच भएको खेलमा गोरखा २–० सेटले विजयी भएको थियो भने तनहुँ र म्याग्दीबीच भएको खेलमा तनहुँ २–० सेटले विजयी भएको थियो ।

    पर्वत र स्याङ्जाबीच भएको खेलमा पर्वत २–० सेटले विजयी भएको थियो । नवलपुर र बागलुङबीच भएको खेलमा नवलपुर २–१ सेटले विजयी भएको आयोजकले जनाएको छ ।

    महिलातर्फ गोरखा र मनाबीच भएको खेलमा गोरखा २–०, नवलपुर र म्याग्दीबीच भएको खेलमा म्याग्दी २–०, कास्की र बागलुङबीच भएको खेलमा कास्की २–०, मुस्ताङ र पर्वतबीच भएको खेलमा पर्वत २–०, तनहुँ र गोरखाबीच भएको खेलमा तनहुँ २–१, लमजुङ र म्याग्दीबीच भएको खेलमा म्याग्दी २–० र कास्की र स्याङ्जाबीच भएको खेलमा कास्की २–१ सेटले विजयी भएको छ ।

    निकट भविष्यमा हुने दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको भलिबल टिम छनोटका लागि यहाँ प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता आइतबार सकिनेछ ।

    छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० जिल्ला र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता रहेको छ ।