


दमौली, २७ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेश स्तरीय महिला पुरुष भलिबलको पुरुषतर्फ पर्वत फाइनलमा प्रवेश गरेको छ ।
भर्खरै सम्पन्न सेमिफाइनल खेलमा गोरखालाई पराजित गर्दै पर्वत फाइनल प्रवेश गरेको हो । पर्वतले गोरखालाई ३-० सेटले पराजित गरेको छ ।
दोस्रो सेमिफाइनल तनहुँ र नवलपुरबीच हुँदैछ ।